रचना रिमालको ‘हे माया’



काठमाडौं । नेपाली म्यूजिक भिडियो क्षेत्रमा पछिल्लो समय खुबै चर्चामा रहेका निर्देशक माइकल चन्दको निर्देशनमा तयार भएको ‘हे माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

अनिल जोशी र रचना रिमालको स्वर, विष्णु भट्टको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो सार्वजनिक गरिएको हो । सेभेन ११ म्यूजिक फ्याक्ट्रिको प्रस्तुतिमा भिडियो तयार भएको हो । गीतले यूवतीहरुलाई यूवाहरुले जिस्काएको भाव बोकेको छ । भिडियोलाई पछिल्लो पुस्ताका सर्वाधिक लोकप्रिय र सफल निर्देशक माइकल चन्दले निर्देशन गरेका हुन् ।

माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् । भिडियोमा सुधिर श्रेष्ठ, श्रद्धा क्षेत्री, विना राउत र सरोज प्रजाको साथमा बाल–कलाकार आर्या रेग्मीको अभिनय छ । निर्देशक चन्दले सुधिर र श्रद्धा, विना र सरोजको जोडीलाई भिडियोमा उतारेका छन् । नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । अन्जान रेग्मीले यो भिडियोमा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा