राजु लामाको ‘ठूली’



काठमाडौं । हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ । राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो ।

उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ । ‘नाकैमा ठूली, शिरैमा सुनको शिरबन्दी’, ‘म पनि केमा कम छु र ? भनन, चट्टै परेर आको छु हेर न’, ‘आऊ न नजिक मलाई अङ्गालोमा बेरन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ । भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले अभिनय गरेका छन् ।

अर्जुन तिवारीले छायाङ्कन गरेको भिडियोमा शान थापाले निर्देशन गरेका हुन् । गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘हराएँ हराएँ’

काठमाडौं । सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक भएको

‘बाबरी’को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १४ मा रिलिज हुने सिनेमा ‘बाबरी’को ट्रेलर रिलिज भएको छ

‘परदेशी २’ फागुन ५ मा आउने

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ