राजेश पायल राईको ‘खुसीका मुहान’



काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा सजिएको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द राज मुकारुङको तथा सङ्गीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । सहास शाक्यले सङ्गीत संयोजन गरेका हुन् ।

जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेकाहरुको कथामा तयार पारिएको उक्त म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापाको अभिनय हेर्न सकिन्छ ।

‘छुटेर गए खुसीको मुहान, जीवन भयो… ’, ‘तिमीसँगै जीउने, मर्ने अधुरो भयो रहर’, ‘खुसी सजाउन पाएँ मुटुमा…’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । विशाल थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई गायक ज्वाला राईले सम्पादन गरेका छन् । उजन नेवा शाही उत्पादन व्यवस्थापक रहेको भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुढ्यौलीमा मौलिक भाकाको संरक्षण गर्ने लालबहादुरको मोह

म्याग्दी । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली

मेनुका पौडेल र सिडी विजय अधिकारीको ‘बर्बादी’

काठमाडौं । गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । पौडेलको

मनाइयो सङ्गीतकार अम्बर गुरुङको ८६औँ जन्मजयन्ती

  काठमाडौँ ।  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सोमबार वरिष्ठ सङ्गीतिज्ञ, प्रज्ञा–प्रतिष्ठानका प्रथम

‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म

  काठमाडौँ । आनीछोइङ डोल्माको जीवनीप्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’ नेपाल