यस्तो छ ‘प्रेमगन्ज’को शीर्ष गीत



काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको सिनेमा ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ रिलिज गरिएको छ । गीतमा अभिनेत्री बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन, सुप्रिया खनाल फिचर्ड छन् । सिनेमाले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ ।

तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।

गीतको कोरियोग्राफीमा एक अर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन् । सिनेमाको शैलीलाई प्रष्ट पार्दै परिच्छेद भन्छन्, ‘सिनेमाको टर्निङ पोइन्ट त्यही नै हो र सिनेमाको सम्पूर्ण कथा उनीहरूको त्यही माया गर्ने शैली भित्र लुकेको छ ।’

सिनेमाको टिजरमा पनि राजाले मैनाको छायाँलाई स्पर्श गर्ने कोशिस गरेको दृश्य देख्न सकिन्छ । टिनएजदेखि युवाअवस्थासम्म एकले अर्कोलाई नछोई कसरी प्रेम गर्न सके ? यो कौतुहलता मेटाउन हल जानुपर्ने निर्देशक परिच्छेदको जिकिर छ । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् । सिनेमाको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ ।

सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायाँकन गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाको लेखक पनि परिच्छेद सेन नै हुन् । सिनेमाको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने सिनेमा भदौ ३ गते नेपालर भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ