वेव सिरिज सन्ध्याको मकवानपुरको चित्लाङबाट छायाँकन सुरु हुने्



काठमाडौं । भद्रकाली मन्दिरमा शुभमूहुर्त गर्दै वेव सिरिज सन्ध्या निर्माण घोषणा गरिएको छ । यो सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायाँकन थालिने छ । आइतबार गरिएको मूहुर्तमा निर्देशक शोभित बस्नेत कलाकार नीर शाह, हिउँवाला गौतमको उपस्थिति रहेको थियो ।

रामजी राउतको निर्देशन रहने सिनेमामा नीर, शोभित र दयाराम दाहल हिउँवालाका अलवा गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्को अभिनय रहनेछ । वेब सिरिज सन्ध्यालाई सुदीप कँडेल र कृष्ण कार्कीले मिलेर निर्माण गर्दैछन् ।

जया ओझाको लेखन र राहुल राईले छायाँकन गर्ने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापा प्रोडक्सन डिजाइनर, जयराम चलिसे मुख्य सहायक निर्देशक र नविन निरौलाको सम्पादन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको ‘हे माया’

काठमाडौं । नेपाली म्यूजिक भिडियो क्षेत्रमा पछिल्लो समय खुबै चर्चामा रहेका निर्देशक माइकल

‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान’

काठमाडौं । कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो

चलचित्र विकास बोर्डको अध्यक्षको लागि निर्माता पोखरेलले दिए आवेदन

काठमाडौं । निर्माता सुशील पोखरेलले पनि चलचित्र विकास बोर्डको अध्यक्षको लागि आवेदन दिएका

६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान

काठमाडौं । सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ।