विष्णु खत्रीको ‘बर्खामास’



बागलुङ । असार लागेसँगै लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘बर्खामास’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान सार्वजनिक गरिएको गीतलाई केही घण्टामै २० हजार बढी पटक हेरिएको छ । गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ ।

शब्द र सङ्गीत पनि गायक खत्रीले नै दिएका छन् । कजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा कलाकार तुलवीर थापा र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियो छाँयाकन जिल्लाको गलकोट, हरिचौरमा गरिएको गायक खत्रीले बताए ।

गलकोट उनको जन्मथलो पनि हो । भिडियोमा बढीजसो रोपाइँको दृश्य समेटिएको छ । वर्षायाममा हुने खेतीपाती, मेलापात र अर्मपर्मको संस्कृतिलाई गीतको श्रव्य÷दृश्यमा चित्रण गरिएको छ ।

“बर्खामास गाउँघरमा हुने गतिविधिलाई गीतमा उतार्ने प्रयास गरेका छौँ, भिडियोमा पनि मौलिकता झल्किएको छ”, गायक खत्रीले भने । दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले हालसम्म सयौँ गीतमा स्वर, शब्द र सङ्गीत दिएका छन् । मौलिक गीतसङ्गीतको रचना र गायनमा पोख्त खत्रीका ‘भरिया दाइ’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘सरकार ! के गरेर खाम’लगायतका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा