‘डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनरमा ’पे–वेल ’



काठमाडौं । डान्सिङ रियालिटी शो ’डान्स मास्टर लिल च्याम्प्स’ को भोटिङ्ग पार्टनर ’पे वेल’ बन्ने पक्का भएको छ । ’थ्रि प्रोडक्सन’ र ’पे–वेल’ बीच सम्झौता भएको हो ।

बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यसअघि नै सम्पन्न भइसकेको छ । उक्त अडिसनबाट छानिएका प्रतिभाहरूका लागि चाँडै नै फिजिकल अडिसन सुरु गरिने निर्माण पक्षले जनाएको छ । काठमाडौँ, विराटनगर, पोखरा, इटहरी, चितवन, आसाम र सिक्किममा फिजिकल अडिसन गरिनेछ ।

’बालबालिकामा भएको प्रतिभालाई उजागर गर्न र उनीहरूलाई प्रोत्साहन गर्न यस खालको कार्यक्रमले मदत गर्ने भन्दै आफूहरू यस कार्यक्रमको हिस्सा हुन पाएकोमा पे–वेलका सी.ई.वो सत्यन्द्र श्रेष्ठले खुसी व्यक्त गरे । शोको निर्णायकमा तेरिया फौजा मगर, रोजिया महर्जन रहेका छन् । सुपर जजको रूपमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् भने शोको होस्ट सुमन र रीमा विश्वकर्माले गर्नेछन् । कमेडी च्याम्पियन जस्तो सफल रियालिटी शो तयार गरेको ’थ्रि प्रोडक्सन’ले नै यस शोको निर्माण गर्न लागेको हो । शो निर्माणमा नेपा डान्स एकेडेमीले सहकार्य गरेको छ । डान्स मास्टरको उपाधि जित्नेले २५ लाख नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको तीज गीत ‘बिलौना’

काठमाडौँ । गायिका रचना रिमालको नयाँ तीज गीत सार्वजनिक भएको छ। पछिल्लो समयकी

शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,