‘डाँडाको बरपीपल’ अब युट्यूवमा



काठमाडौं । बक्सअफिसमा असफल सावित भएको सिनेमा ‘डाँडाको बरपीपल’ युट्यूवमा रिलिज भएको छ । हलमा दर्शकको माया पाउन नसकेको सिनेमाले युट्यूवमा भने राम्रो दर्शक बटुलेको छ ।

सिनेमा हाल युट्यूव ट्रेण्डिङको शीर्ष स्थानमा छ । विशेष गरी मुख्य अभिनेता सलोन बस्नेत र रुविना थापाको तारिफ दर्शकले गरेका छन् । सिनेमालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् ।

बुढासुब्बा डिजिटलले पहिलो पटक आफ्नै लगानीमा सिनेमा निर्माण गरेको थियो । सिनेमामा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, सुइन्जा सुनाम लगायतको पनि अभिनय छ ।

नवराज गिरीको लगानी रहेको सिनेमालाई सुशान्त प्रजापतिले खिचेका हुन् । राम जि राउतको मुख्य सहायक निर्देशन रहेको छ । ’डाँडाको बरपीपल’ युट्युबमा सार्वजनिक भएर दर्शकले राम्रो प्रतिक्रिया दिएपछि निर्माण टिमले डाँडाको बरपीपल २ घोषणा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ