मनिष राउतले ‘शमशेर’बाट निर्देशनमा डेव्यु गर्ने



काठमाडौं । छायाँकनको तयारीमा रहेको सिनेमा ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । सिनेमाको मुख्य भूमिकामा अभिनय समेत उनले गर्दैछन् ।

यस्तै सिनेमाको कलाकारमा अभिनेता सुनिल थापा पनि थपिएका छन् । ओस्कार कलेजबाट सिनेमा निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरहेका छन् । ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता राउतले बताए ।

आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडी बढाउने सोचमा राउत छन् । हाल सिनेमाको अभिनेत्री छनोट कार्य भैरहेकोले छायाँकन मिति तय भएका छैन । अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायाँकन सुरु गरिने अभिनेता राउतले बताए । सिनेमामा गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दीपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

एक्सन जनरामा निर्माण गरिने सिनेमामा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ । सिनेमाको छायाँकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने सिनेमामा राकेश दाहाल पोस्टर डिजाइनरका रुपमा रहेका छन् । सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,

आँचल र विवेक अभिनित ‘बर एण्ड वधु’को ‘तिमी सँग’

काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य फिचार्ड नेपाली चलचित्र ‘बर एण्ड वधु’को