सकियो ‘सिल्ली फो’को डविङ



काठमाडौं । आगमी असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिल्ली फो’को डविङ सकिएको जानकारी निर्माण टिमले दिएको छ । राजबहादुर साने निर्देशित फिल्मको केहीदिन अघि एक पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको घोषणा गरिएको थियो । सिनेमाको सार्वजनिक पोस्टरले दर्शकमा कौतुहल्ता जगाउन सफल भएको निर्माण टिमको विश्वास छ ।

फिल्ममा केकी अधिकारी, धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल(मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ । मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सह–निर्माता छन् ।

फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर,। वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको सिनेमाको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको तीज गीत ‘बिलौना’

काठमाडौँ । गायिका रचना रिमालको नयाँ तीज गीत सार्वजनिक भएको छ। पछिल्लो समयकी

शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,