पुष्प र सुधीरको मन उषा र प्रियनाले बिगारे



काठमाडौं । गीतकार डीआर उपाध्यायको शब्दमा तयार भएको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार उपाध्यायले वल्र्ड रेकर्डमा विभिन्न कृतिको माध्यमबाट नाम लेखाइसकेका छन् । प्रताप दास र रचना रिमालको स्वरमा समावेश यो गीतमा बाबुल गिरीको संगीत छ । बाबुलले यो गीतलाई डान्सिङ बिटमा तयार पारेका छन् ।

गीतको भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, उषा उप्रेती, प्रियाना आचार्यको नृत्य हेर्न सकिन्छ । दुई हट सुन्दरीको अगाडि मदिराले मात्तिएका दुई पुरुषले स्त्री जातैले मन विगारेको कुरा गरेको गीतमा सुन्न सकिन्छ ।
माइकल चन्दले भिडियोलाई आकर्षक बनाएका छन् । भिडियोमा उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भमा देवकोटाको ‘खोजी हिडे’

काठमाडौं । गीतकार भमा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ

‘प्रेमगीत ३’ असोज ७ गतेबाट रिलिज हुने

काठमाडौं । वर्षकै बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को रिलिज मिति घोषणा गरिएको छ ।

विकरालको ‘एकान्तमा’

काठमाडौं । गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सकियो ‘सिल्ली फो’को डविङ

काठमाडौं । आगमी असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिल्ली फो’को डविङ सकिएको