सविन सुवेदीको ‘तिम्रो याद आयो’



काठमाडौं । स्वदेशमा रोजगारीको अवसर नहुँदा विदेशिन बाध्य लाखौँ नेपाली युवाको पीडालाई समेटेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद आयो’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा परदेशीको पीडा र मनोभावनालाई मार्मिक तरिकाबाट प्रस्तुत गरिएको छ । सविन सुवेदीको सुमधुर स्वरमा सजिएको गीत अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारले रचना गरेका हुन् ।

दीपक शर्माले सङ्गीतबद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा विजय बराल, प्रमिला खनाल र माया पौडेलको जीवन्त अभिनय देख्न सकिन्छ ।

श्याम तामाङले छायाङ्कन गरेको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन् । गोलो प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा