अर्थमन्त्रीको गीतिसङ्ग्रह ‘माओवादी’



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माको परिकल्पना एवं रचना रहेको गीतिसङ्ग्रह सार्वजनिक भएको छ । राष्ट्रिय सम्मेलनको अवसर पारेर ‘माओवादी’ नामक गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो । गीतमा गायक किरणबाबु पुन र तिलक परियारले स्वर दिएका छन् ।

गणतन्त्र, सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको नेतृत्वकर्ता र हिस्सेदार माओवादी नै भएको गीतमा वर्णन गरिएको छ । जनयुद्धको बलमा नै निरंकुश शासन सत्ता अन्त्य भएको तथा देशमा राजनीतिक परिवर्तन भएको विषयलाई गीतमा उल्लेख गरिएको छ । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टीका लागि नेकपा (माओवादी केन्द्र)को इतिहास समेटिएको जनवादी गीत ‘माओवादी’ सार्वजनिक गरिएको हो ।

गीतको हाल श्रव्य सामग्रीमात्रै सार्वजनिक गरिएको जानकारी दिँदै गायक किरणबाबु पुनले केही समयभित्रै श्रव्यदृश्य सामग्रीसमेत उपलब्ध हुने बताए । अर्थमन्त्रीसमेत रहेका शर्माको परिकल्पनामा यसअघि पनि ‘म यात्री हुँ क्रान्तिको यात्री’ बोलको गीत सार्वजनिक भइसकेको छ । गीतमा यो यात्रा हो, हरेस खानु पर्दैन, यो विचार हो, कहिल्यै पनि मर्दैन भन्ने भावलाई समेटिएको गायक पुनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौँ । रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बनेका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’

  काठमाडौँ । देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति

मिरुनालाई विवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को टिजर