तीन दिने ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ आयोजना हुने



काठमाडौं । सेलिब्रेटी नेपालले आगामी माघको अन्तिम साता तीन दिने ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ आयोजना गर्ने भएको छ । ग्रामीण बजारमा नेपाली सिनेमालाई पुर्याउने उद्देश्य आयोजकले राखेका छन् । तर, महोत्सव स्थान भने आयोजकले तोकेका छैनन् ।

गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट सिनेमा, डकुमेन्ट्री र फिचर सिनेमालाई ग्रामीण क्षेत्रका दर्शकमाझ प्रदर्शन गरिने र उत्कृष्ट सिनेमालाई अवार्ड दिइने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताएका छन् ।

उनका अनुसार विभिन्न भाषाभाषीका सिनेमासँगै मोबाइलबाट खिचिएका सिनेमालाई पनि प्रदर्शन गरिनेछ । साथै ग्रामीण परिवेशलाई समेटेर कस्ता सिनेमा बनाउने र कस्ता सिनेमाले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया तथा वर्कसपको आयोजना समेत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौँ । रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बनेका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’

  काठमाडौँ । देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति

मिरुनालाई विवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को टिजर