‘सप्तरङ्ग–३’को घोषणा



काठमाडौं । सप्तरङ्गको तेश्रो संस्करणमा महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । यो संस्करणको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ ।

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाईलाई जनमानसमा कलामार्फत प्रष्ट्याउने ‘सप्तरङ्ग’आयोजकले बताएको छ । ‘सप्तरङ्ग’ पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ ।

काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर , २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ। ‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायतका कलाकारहरू सहभागी हुनेछन् ।

पहिलो र दोस्रो संस्करणले सात प्रदेश बीचको आमजनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो । यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र समृद्धिको नारालाई प्रवर्द्धन गरिनेछ । यसैगरी कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वरिष्ठ गीतकार बराललाई ‘प्रतिभा सम्मान’

काठामाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार

अङ्कितबाबुको ‘कफी क्रस’

काठमाडौं । गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको

विजय शङ्खरको ‘ओके छ त’

काठमाडौं । गायक विजय शङ्खरको ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको

हरिवंशको आचार्यको ‘कर्कलो कोक्याउला’ (भिडियोसहित)

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ