निर्देशक सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’ निर्माण गर्ने



काठमाडौं । चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ निर्माण गर्ने भएका छन् । निर्देशक नविन सुब्बा दश वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन् ।

मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरेका हुन् । चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदाय जीवन परिवेशको कथामा बन्ने भएको छ ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले चलचित्र राम्रो बनाउन आफ्नो इमानदार प्रयास हुने बताए ।

त्यस्तै, नायक दयाहाङ राईले नविन सुब्बासँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । यो चलचित्र छायाँकनको जिम्मा निर्देशक सुब्बाले अमेरिकाका छायाँकार मार्किन कापरोनलाई दिने भएका छन् ।

नेपाली छायाँकारहरु भन्दा विदेशी छायाँकारसँग काम गर्न सजिलो भएकोले अमेरिकाबाट छायाँकार ल्याएको निर्देशक सुब्बाले बताए । चलचित्रको स्क्रिप्ट महेश राई र नविन सुब्बाको रहेको छ भने मुख्य निर्मातामा अमोद राई रहेका छन् ।

त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी रहेका व्यक्तिहरु चलचित्रको सह–निर्मातामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रमोद खरेलको ‘खै कसरी’

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको

‘टुल्की’ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द

रोशन अधिकारीको ’रित्तो रित्तो’

काठमाडौं । द डिभाईन म्यूजिकको प्रस्तुतीमा रहेको नेपाली गीत ’रित्तो रित्तो’को भिडियो सार्वजनिक

कमला रिसालको ‘आमाको काखै प्यारो’

कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सखी प्रतिष्ठानले