‘हान्छु तिम्लाई लौरी’ले गीत सच्याउन माग



‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल म्यूजिकले सार्वजनिक गरेको तीजका गीतमा सो शब्द प्रयोग गरिएको थियो ।

नेपाल मौरीपालक महासङ्घले विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता सिर्जना गरेको जनाएको छ । महासङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गरी मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन् तोरी खायो भनेर गलत सन्देश दिएको जनाउँदै गीतले वैज्ञानिक तथ्य र अरुको अधिकारप्रति खेलवाड गरेको जनाएका हुन् ।

यसले आफ्ने अधिकार प्रयोग गर्ने नाममा भ्रामक कुरा सार्वजनिक गरेकोमा महासङ्घले खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको छ । गीत सच्याउन पनि माग गरिएको छ । महासङ्घले तोरीमा मौरी विचरण गर्दा ३० प्रतिशत बढी उत्पादन वृद्धि भएको प्रयोगात्मक तथ्य रहेको समेत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ