२५ वर्ष पुरानो कथा बोकेको ‘बाटुली’ को प्रसारण सुरु



काठमाडौं – आर्टिष्ट खबर मिडियाले निर्माण गरेको नयाँ पारिवारिक टेलिफिल्म ‘बाटुली’ प्रसारण सुरु भएको छ । न्युज नेपाल एचडी टेलिभिजनबाट मंगलबारदेखि उक्त टेलिफिल्मको प्रसारण सुरु भएको हो ।

‘बाटुली’ २५ वर्ष पुरानो कथामा आधारित छ । समाजमा सासु र बुहारीबिच हुने द्धन्दलाई टेलिफिल्ममा उतारिएको छ । सञ्चारकर्मी गोपीकृष्ण चापागाईं र नवराज अधिकारी निर्देशित टेलिफिल्मको कथा गोपीकृष्णले नै लेखेका हुन् ।

टेलिफिल्ममा मौसमी मल्ल, सिपी पौडेल, संगम भुषाल, खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समीक्षा लामिछाने, बाल कलाकार खुशी अर्याललगायतको अभिनय देख्न सकिन्छ ।

नवलपुरको देवचुलीमा छायांकन टेलिफिल्मको सहायक निर्देशक वीरेन्द्र भाट ‘विपिन’ हुन् । टेलिफिल्मलाई अनिल लामिछाने खि चेका हुन् । उक्त टेलिफिल्म आर्टिष्ट खबरको युट्युव मार्फत मंगलबार साँझ ८ प्रसारण हुने निर्माण युनिटले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खेम सेञ्चुरी र अस्मिता अधिकारीको ‘रमरम मरौटी’

बागलुङ । ‘रमरम मरौटी’ तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो

भगवती न्यौपानेको ‘माइला माइली’

अमेरिकामा रहेर पनि नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ‘माइला

‘अनि गरें न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह’

मनोज गजुरेल । आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी ! जीवन सधैँ सरल

नौ कलाकार ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित

काठमाडौं । कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नौ जना