सुलेमान शंकर ‘इकु’को निर्देशनमा ‘इकुपिताङ’



काठमाडौं । इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले हाँस्य टेलि श्रृखला ‘इकुपिताङ’ बनाएका छन् । बालबालिकादेखि वृद्धवृद्धासम्म लोकप्रिय पात्र सुलेमान शंकर ‘इकु’लाई दर्शकले फेरि हेर्न पाउने भएका हुन्।

योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत रहेको उक्त श्रृंखलाको कथा र निर्देशनसमेत सुलेमानकै रहेको छ । श्रृंखलामा सुलेमानको अलावा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनीष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बाल कलाकार कुशल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको छ ।

निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले केही समय अघि आफ्नो श्रृंखला ‘हल्का रमाइलो’को केही भागमा इकुलाई प्रस्तुत गरेका थिए । ग्लोबल टिभी एचडी र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्लोबल टिभी एचडीबाट असारको दोस्रो साताबाट प्रसारण हुनेछ । ‘मेरी मास्सै’पछि सुलेमानले फिल्म ‘इकु’ बनाएका थिए ।

दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाग्दा निकै खुसी लागेको सुलेमानले बताए । श्रृंखलामा राजु पौडेल र मदन महर्जनको छायांकन र रविन बजगाईको सम्पादन छ । श्रृखलाको प्रोमो सार्वजनिक गरिएको छ । सुलेमानले दर्शकको चाहना अनुसार नै आफू सानो पर्दामा फर्किन लागेको बताएका छन् । उनले, यसपटक इकु पात्रलाई फरक तरिकाले प्रस्तुत गरेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ