किरण र प्राश्नाको ‘चोली तिम्रो'(भिडियोसहित)



गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा शौरभ तामाङ र उर्मिला योञ्जन तामाङ बीचको अन्स्क्रिन रोमान्स देख्न सकिन्छ।

पूर्वको सुन्दर चिया बगान वरपर छायाँकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। एसटिएम मुभीमा पोस्ट प्रडक्शन गरिएको यस भिडियोलाई गोलो प्रडक्शनको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’(भिडियोसहित)

जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’ बोलको गीति भिडियो बजारमा आएको छ

सालैजो गीत ‘सँगैका साथी’ (भिडियोसहित)

गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ । आइतबार दिउँसो

कोभिडका कारण चलचित्र उद्योग धरासायी

काठमाडौं । विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले

सुलेमान शंकर ‘इकु’को निर्देशनमा ‘इकुपिताङ’

काठमाडौं । इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले हाँस्य