गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर



काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउन आयोजित कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्राबर शुभारम्भ गरे ।

काठमाडौँको बालाजुस्थित अष्ठनारायण हलमा भएको कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ गीत लगातार गाएर वल्र्ड बुकमा रेकर्ड राख्न लागेका हुन् । मन्त्री गुरुङले नेपालका एक राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन साहस गरेकोमा सराहना गरे ।

कला र संस्कृतिमा धनी नेपाललाई राज्यमन्त्री मानन्धरले वल्र्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गरेको कार्यप्रति मन्त्री गुरुङले खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे । उक्त कार्यक्रमका लागि बेलायतबाट पाँच निर्णायक आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समीक्षा अधिकारीको ‘धारै नखोली’(भिडियोसहित)

अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो

कविन्द्र मोक्तानको प्रेम गीत “तिम्रै हुन पाऊँ”सार्वजनिक(भिडियोसहित)

युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको

गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव

किरण र अस्मिताको ‘सपना’ (भिडियोसहित)

गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गीत ’सपना’ को