दिपेश लामाको “टिकटक २” (भिडियोसहित)



काठमाडौं । पछिल्लो चरणमा सेलो गित संगितमा नाम कमाउन सफल लोकप्रिय गायक जेबि जिम्बाको “टिकटक २” को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ।

टिकटक १ को अपार सफलता पश्चात् त्यसैको दोश्रो भाग स्वरुप भाग २ ल्याईएको हो। जिम्बाको आफ्नै शब्दमा सजिएको यस गीतमा समय सान्दर्भिक टिकटकको विषयलाई विशेष रुपमा चर्चा गरिएको छ ।

दिपेश लामाद्वारा निर्मित गीतमा मीठो स्वरकी धनी जितु लोप्चनको स्वर समेत समेटिएको छ भने दिपेश प्रधानको एरेन्ज र मिक्सिङ रहेको छ । सानुबाबु घिसिङको संगित रहेको गीत सरगम स्टुडियोमा रेकर्डिङ गरेको हो।

भाइन भिमफेदीका मिथुन लामा र बिशन लामाले कोरियोग्राफी र निर्देशन गरेको भिडियोमा लोकप्रिय मोडल द्वय निरान्जली लामा र अनिता गोलेको साथमा मोडल सुरेश लामा र समीर तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको भिडियोलाई छायांकन, सम्पादन तथा ड्रोन सुर्य लामाले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रेम बाबु बनको“आमा म प्रदेशी छोरो”सार्वजनिक(भिडियोसहित)

गायक प्रेम बाबु बनको  “आमा म प्रदेशी छोरो” बोलको गीत सार्वजनिक भएको छ

अग्निशा लामाको ‘आमा’ (भिडियोसहित)

गायिका अग्निशा लामाको स्वर रहेको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा

‘स्वर्ग झैं लाग्छ..’लिएर आइन् जमुना वन (भिडियोसहित)

युवा पुस्तामाझ लोकप्रिय गायिका जमुना वन ‘स्वर्ग झैं लाग्छ..’.गीत लिएर आएकी छन् ।

‘पान सुपारी खाम्ला कुटुक्क’ सार्वजनिक(भिडियोसहित)

गायक राजन कार्की र गायिका सर्मिला तामाङले ‘पान सुपारी खाम्ला कुटुक्क’ बोलको गीत