प्रिती आलेको ‘तोरी फुल्यो पहेँलै’(भिडियोसहित)
गायिका प्रिती आलेको नयाँ रुप अनि नयाँ ढंगसंगै फरक शैलीमा ‘तोरी फुल्यो पहेँलै’ सार्वजनिक भएको छ । नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धार अनि फरक शैलीमा गीत गाउने र अलि फरक देखिन चाहने गायिका आलेको उक्त गीत मेलोडी नेपालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ । ।
गीतमा शब्द मीना तामाङको रहेको छ भने संगीत पेमा तामाङले गरेका हुन् । शिव विकले निर्देशन गरेको भिडियोको सम्पादन मोहन सुनुवारले गरेका छन् । पुस्कर सुनुवारको एरेञ्ज र घनश्याम शर्माको छायाङ्कन रहेको गीतमा प्रिती आले र पेमा तामाङले अभिनय गरेका छन् ।