दशैं गीत ‘रिनै रिनैको’



नजिकिँदै गरेको नेपालीहरुको महान् चाड विजयादशमीलाई लक्षित गरेर गीत संगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा लोकप्रिय गायक/गायिका बिष्णु खत्री र पूर्णकला बिसीको स्वरमा पनि नयाँ दशैं गीत ‘रिनै रिनैको’ सार्वजनिक भएको छ ।

कपिल लामाको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन तथा शिव पौडेलको सम्पादन रहेको छ । बिष्णु खत्रीकै शब्द तथा लय रहेको गीतको म्युजिक एरेन्जर बिनोद बाजुराली हुन् भने गीतलाई आफ्नै युटुब च्यानल बिष्णु खत्रीमा राखेका छन् ।

प्रदेशीको पीडालाई समेटिएर तयार गरिएको भिडियोमा ओबी रायमाझी र सारीका केसीको अभिनय रहेको छ । विदेशिएका युवाको पीडा र गाउँमा रहेका महिलाको पीडा बोकेको उक्त गीतले अहिलेको नेपाली परिवेशलाई चित्रण गरेको छ ।नेपालको समाजको बर्षौदेखिको रेमिट्यान्समा बाँच्नुपर्ने विवशतालाई जिवन्तढंगले गायन र भिडियोमार्फत प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिती आले र दुर्गा बिरहीको ‘सुन्तली रत्यौली'(भिडियोसहित)

लोक दोहोरी गायक तथा मोडल दुर्गा बिरहीको “सुन्तली रत्यौली” बोलको गीत सार्वजनिक भएको

प्रमोद खरेलको ’छाती चिरेर’(भिडियोसहित)

गायक प्रमोद खरेलको नयाँ गीत ’छाती चिरेर’ सार्वजनिक भएको छ । हरि लम्सालको

नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक

नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ । गायक निशान भट्टराईको स्वरमा ‘संगै

‘हामी नर्स ‘बोलको नयाँ गीत सार्वजनिक

‘हामी नर्स ‘बोलको नयाँ गीत सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा