नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगितामा ‘देशलाई छुने पाइला’ सर्वाेत्कृष्ट



काठमाडौं । नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७६ मा प्रशुन सिन्धुलियाले निर्माण गरेको ‘देशलाई छुने पाइला’ नामक लघु चलचित्र प्रथम भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा प्रतियोगितामा सर्वाेत्कृष्ट ठहरिएको उक्त चलचित्रका निर्माता सिन्धुलियालाई दुई लाख नगद तथा प्रमणपत्र प्रदान गरे । प्रतियोगितामा पुरुषोतम बस्नेतको ‘रगत’ द्वितीय र वसन्त बस्नेतले निर्माण गर्नुभएको ‘लक्ष्य’ तृतीय घोषित भयो । प्रतियोगितामा दोस्रो र तृतीय हुने चलचित्रले क्रमशः एक लाख ५० हजार र एक लाख नगद र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा अनिरुद्र दुवाडीको ‘समर्पण’ र अनिलकुमार महर्जनको ‘गौरव’ नामक लघु चलचित्र सान्त्वना घोषित भए । समारोहमा सान्त्वना स्थान प्राप्त गर्ने चलचित्रलाई २५÷२५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो । उक्त प्रतियोगिताका लागि ३८ वटा निवेदन प्राप्त भएकामा छायाङ्कनपछि १० वटालाई प्रतिस्पर्धामा समावेश गरिएको निर्णायक समूहका संयोजक एवं चलचित्र अभिनेतृ सरिता लामिछानेले जानकारी दिइन् । समारोहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने चलचित्र प्रदर्शन गरियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले २०६७ देखि यो प्रतियोगिता गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा