नोभेम्बर रेनका लेखक छेतेन गुरुङको निधन


नेपाली फिल्म निर्देशक एवं लेखक छेतेन गुरुङको निधन भएको छ । मङ्गलवार मेट्रो अस्पताल, महाराजगंजमा उनको राती निधन भएको हो ।

दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । गुरुङको कलेजोमा समस्या आएको थियो । उनी निर्देशित फिल्म ’प्रेम गीत ३’ प्रदर्शनको तयारीमा रहेको छ । फेसबुक पेजमार्फत् उनको मृत्युको जानकारी दिएको छ। छेतेनको अन्तिम संस्कार बिहीवार हुनेछ। ’डमरुको डन्डी बियो’मार्फत् निर्देशन सुरु गरेका छेतेनले ‘नोभेम्बर रेन’, ’क्लासिक’, ’डायरी’ ’ए मेरो हजुर ३’ जस्ता फिल्म लेखेका छन्।