दीपक कँडेलको ‘बानी चकचके'(भिडियोसहित)



गायक दीपक कँडेलको नयाँ गीत ‘बानी चकचके’ सार्वजनिक भएको छ । मेरी छोरी बोलको गीतबाट लोकप्रिय बनेकी बाल गायिका दीपिका कँडेलको उत्कृष्ट आवाज रहेको गीत दीपिका म्युजिक प्रालिले बजारमा ल्याएको छ ।

गीतमा दीपक कँडेलको शब्द सृजना रहेको छ भने गणेश अधिकारीको संगीत रहेको छ । उक्त गीतमा दीपिका कँडेल र स्वर्गीय गायक दीपक परियारले आवाज दिएका छन् । सानी नानीको गीत गाउने कला र चकचके बानीलाई विषय बनाइएको गीतको निर्देशन मौसम हिमालीले गरेका छन् ।

गीतमा चलचित्रमा निकै चर्चित कलाकार जयकिसन बस्नेत, एलिना रायमाझी र बालकलाकार एभेलिन ले अभिनय गरेका छन् । अजय रेग्मीले छायाँकन गरेको म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा