सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता



काठमाडौं । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् ।

उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए ।

कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘परदेशी-२’ कात्तिक ३ मा प्रदर्शन हुने

काठमाडौं । वरिष्ठ लोक गायक नारायण रायमाझीको निर्देशनमा निर्माण भएको चलचित्र ‘परदेशी २’को

‘छक्का पञ्जा ४’ हेर्न हलमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल

काठमाडौं । घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा

‘जारी’ को ट्रेलर’(भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक

अब निर्देशनमा बेनिशा

काठमाडौं । चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुवात गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी