‘मुटुभरि देश बोकी’(भिडियोसहित)



राष्ट्रिय भावले ओतप्रोत ‘मुटुभरि देश बोकी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार महेश्वर शर्माद्वारा रचित राष्ट्रिय भावले ओतप्रोत ‘मुटुभरि देश बोकी’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका शर्माको शब्दरचना रहेको यो पहिलो भिडियो हो । राष्ट्रप्रति समर्पित गीति भिडियोमा चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको सुमधुर स्वर छ । भिडियोमा सुगम संगीतकार आनन्द राईले संगीत दिएका छन् भने महाराज थापाको संगीत संयोजन छ ।

कलाकार सरोज दाहाल र मोडल साक्षी लम्सालको अभिनय रहेको म्युजिक भिडियोमा रचनाकार महेश्वर शर्मा, रामकृष्ण ढकाल, मेलिना राई, आनन्द राई, सोनम पाण्डे शर्मा कृष्ण शर्मालगायतको अभिनय रहेको छ । गीतमा  युवराज वाइबाको निर्देशन रहेको भिडियोको सम्पादन विकास दाहालको हो भने छायांकन राज पोखरेल र दीपेन्द्र भट्टको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अष्ट्रेलियाको एडिलेड शहरमा नेपथ्यको कन्सर्टमा यसरी झुमे दर्शक

काठमाडौं । अष्ट्रेलियामा जारी नेपथ्यको दोश्रो कन्सर्ट शनिबार सम्पन्न भएको छ। शनिबार राति

‘के लत बस्यो’ युट्युबमा लोकप्रिय

गण्डकी । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै

प्रमोद खरेलको कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ

जनकले ल्याए ‘बिजुली’

काठमाडौं । गायक जनक ताम्राकारको ‘बिजुली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ