प्लिज आफ्नै दिदीबहिनी सम्झेर मलाई माफी दिनुहोलाः दीपाश्री निरौला



काठमाडौं । कलाकार दिपाश्री निरौलाले महानयक राजेश हमालमाथि आफूले गरेको टिप्पणीका लागि माफी मागेकी छन् । आफ्नो जन्मदिनमा अवसमार आइतबार सामाजिक संजाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै निरौलाले हमालमाथि आफूले गरेको टिप्पणी ठूलो भूल भएको भन्द माफी मागेकी हुन् ।

करिव एक महिना अघि निरौलाले एउटा टेलिभिजन अन्तरवार्तामा निरौलाले राजेश हमाल कसरी महानायक ? भन्दै टिप्पणी गरेकी थिइन् । उनको यस्तो टिप्पणीले सामाजिक संजाललगायतबाट निरौलाको तीब्र आलोचना भएको थियो ।

दीपाले भनेकी छन्, ‘मिडियामा कसरी फेस हुने, शिष्ट सरल हुने, चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने भन्नेमा मेरो कमजोरी रहेछ। मैले अहिले महसुस गरे ।’ उनले आगामी दिनमा आफूले यस्तो गल्ती नगर्ने र एक पटक आफ्नै दिदीबहिनी सम्झेर माफी दिन पनि आग्रह गरेकी छन् ।

उनले भनेकी छन्, ‘अबदेखि यस्तो गल्ती कहिल्यै दोहोर्याउँदिन । राजेश दाइका फ्यानहरुलाई के भन्न चाहन्छु भने मेरो अभिव्यक्तिले यहाँहरुको मन दुखेको छ भने प्लिज आफ्नै दिदीबहिनी सम्झेर मलाई माफी दिनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ