सडक २ को ट्रेलर सार्वजनिक भएलगत्तै ५ लाख ७० हजारवटा डिसलाइक(भिडियोसहित)



सडक २ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । सडक २ फिल्मको ट्रेलर सार्वजनिक भएलगत्तै ५ लाख ७० हजारवटा डिसलाइक पाएको छ । ट्रेलरले जम्मा ५५ हजार लाइक पाएको छ ।

इन्टरनेट प्रयोगकर्ताहरूले यसलाई सर्वाधिक डिसलाइक गरिएको ट्रेलर घोषणा गरेका छन् । सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा चर्केको नातावादको बहसले यस फिल्मको प्रोमोसनलाई असर पारेको छ । सडक २ महेश भट्टले निर्देशन गरेका हुन् र फिल्ममा आलिया भट्ट तथा सञ्जय दत्त प्रमुख भूमिकामा छन् । फिल्म नातावादबाट जन्मिएको आरोप लगाइएको छ ।

बुधवार बिहान ट्रेलर रिलीज हुनेबित्तिकै यूट्युबमा डिसलाइक बटन व्यापक मात्रामा थिचिएको थियो । अनेकौं प्रयोगकर्ताको ट्वीट हेर्दा उनीहरू ट्रेलर जस्तो भए पनि डिसलाइक बटन थिच्न तम्तयार भएर बसेको देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ