‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर विश्व रेकर्ड



गीतकार डा. डीआर उपाध्यायले गीत लेखेरै विश्व रेकर्ड कायम गर्नुभएको छ ।  डा. उपाध्यायले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर विश्व रेकर्ड राख्नुभएको हो ।

आइतबार काठमाडौमा अयाोजित एक कार्यक्रममा बिभिन्न १७ विश्व किर्तिमान रेकर्डका प्रमाणपत्रहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार डा. उपाध्यायलाई हस्तान्तरण गर्नुभयो । सो एल्बमको एउटा गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको छ । कार्यक्रममा मन्त्री यादवले उपाध्यायले गीत मार्फत् धेरैवटा विश्व रेकर्ड कायम राखेर नेपालीको गौरव बढाएको बताउनुभयो । गीतकार उपाध्यायले समाजका लागि र आत्मसन्तुष्टिका लागि गीत लेख्ने गरेको बताउनुभयो । कार्यक्रममा डा उपाध्यायका बिभिन्न चार कृति सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रमा अभिनेताको वर्गीकरण देखेको छैन’

काठमाडौँ । एउटा चलचित्रमा भिन्नभिन्न भूमिकामा धेरै कलाकार हुन्छन् । कोही मुख्यमा, कोही

निराशाको बढी प्रचार भइरहेका बेला आशाको सञ्चार गर्न चलचित्र प्रभावकारी माध्यम बन्नसक्छः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मौलिक संस्कृति र पर्यटन

कृति शर्माको डेब्य अभिनय ‘रिटिङ र्‍याइँ र्‍याइँ’

काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माको डेब्यू अभिनय रहेको

‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ मा एकसय भन्दाबढी कलाकार सहभागी

काठमाडौँ । काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा बुधबारदेखि ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)’