चर्चित अभिनेत्री केली प्रेस्टनको स्तन क्यान्सरका कारण निधन



अमेरिकी चर्चित अभिनेत्री केली प्रेस्टनको ५७ वर्षको उमेरमा निधन भएको छ । अभिनेत्री केली प्रेस्टनको ५७ वर्षको उमेरमा स्तन क्यान्सरका कारण मृत्यु भएको हो । जेरी म्यागुइर र ट्विन्सजस्ता चलचित्रमा अभिनय गरेकी केली विगत दुई वर्षदेखि स्तन क्यान्सरविरुद्ध लडिरहेकी थिइन् ।

उनको निधन भएको उनका श्रीमान् जोन ट्राभोल्टाले इन्स्टाग्राममार्फत् जानकारी गराएका हुन् । ६९ वर्षीय उनले लेखेका छन्, ‘म निकै दुस्खका साथ जानकारी गराउँछु कि मेरी सुन्दर श्रीमती स्तन क्यान्सरविरुद्धको दुईवर्षदेखिको लडाइँ हारेकी छन् । उनको माया र उनको सम्झना रहिरहनेछ ।१३ अक्टोबर १९६२ मा जन्मिएकी केलीले १९८५ मा पहिलो चलचित्र मिसचिफमा अभिनय गरेकी थिइन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

  काठमाडौँ  चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ ।

ऋषि लामिछानेको निर्देशनमा ‘माग्ने राजा’ निर्माण हुने

काठमाडौं । निर्देशक ऋषि लामिछानेको निर्देशनमा फिल्म ‘माग्ने राजा’ निर्माण हुने भएको छ

‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’

काठमाडौं । नेपाली गीतसङ्गीतमा ‘र्‍याप’ को छुटै स्थान छ । भनिन्छ, र्‍यापले नचाउँछ,

ग्रामीण परिवेशको कथामा बनेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ छिट्टै प्रदर्शनमा आउने

काठमाडौं । निर्देशक सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द