निर्देशक हरिश शाहको निधन



बलिउड  निर्देशक हरिश शाहको निधन भएको छ । मंगलवार विहान ७६ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित थिए। उनको आज दिउँसो पवन हंस घाटमा अन्त्येष्टि गरिएको छ ।

कोरोना महामारीका कारण अन्तिम संस्कारमा परिवारका सदस्य र आफन्तमात्रै सहभागी थिए ।उनले निर्माण गरेको राजेश खन्ना र तनुजाको फिल्म ‘मेरे जीवनसाथी’ बलिउडको हिट र आज पनि सम्झिने फिल्ममा पर्छ । हरिश शाहले सन् १९७२ मा भाई विनोद शाहसँग मिलेर ’मेरे जीवन साथी’जस्ता हिट फिल्मको निर्माण गरेका थिए। यो फिल्ममा राजेश खन्ना र तनुजाको अभिनयले दर्शकको मन जितेको थियो।

हरिशले सन् १९७५ मा फिरोज खान र परवीन बबीको अभिनय रहेको ’काला सोना’, सन् १९८५ मा संजीव कुमार र रेखाको फिल्म ’राम तेरे कितने नाम’ को पनि निर्माण गरेका थिए । सनी देओल र तब्बूको फिल्म ‘जाल द ट्रैप’ उनले निर्देशन गरेको अन्तिम फिल्म थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र