बलिउडका संगीतकार वाजिद खानको निधन



काठमाडौं । बलिऊडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । मृगौला पीडित ४२ वर्षीय खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यद्दपी कोरोना सङ्क्रमणबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन । ‘साजिद वाजिद’को नामले चर्चित संगीतकारमध्ये वाजिदको निधनले ठूलो क्षति भएको जनाउँदै अर्का संगीतकार सलिम मर्चेन्टले वाजिदको निधनको पुष्टि गरेका छन् ।

मृगौलामा सङ्क्रमण भएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । केही दिनअघि मात्रै उनको मृगौला प्रत्यारोपण गरिएको थियो । सन् १९९८ मा बलिऊडमा ‘प्यार किया तो डरना क्या’ फिल्मबाट आफ्नो संगीत जिवनको सुरुवात गरेका साजिद वाजिदका वाजिदले ‘दबङ्ग’, ‘वान्टेड’ र ‘मुझसे शादी करोगी’ जस्ता चर्चित फिल्ममा संगीत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक दुर्गा बिरहीको “भोकै छौकि” सार्वजनिक (भिडियोसहित)

गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” सार्वजनिक

दिपेश लामाको “टिकटक २” (भिडियोसहित)

काठमाडौं । पछिल्लो चरणमा सेलो गित संगितमा नाम कमाउन सफल लोकप्रिय गायक जेबि

‘हे नवदुर्गा’ भजन सार्बजनिक

‘हे नवदुर्गा’ बोलका भजन सार्बजनिक भएको छ । गायिका मेनुका पौडेलले नवरात्रको अवसर

अञ्जु पन्तको ‘ताप्लीको रानीपोखरी’(भिडियोसहित)

गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ । पन्तले