नेपाली मूलका युवा दिवेश पोखरेलको ‘अमेरिकन आइडल’मा तहल्का



नेपाली मूलका युवा दिवेश पोखरेलले अमेरिकाको रियालिटी सोमा तहल्का मच्चाएका छन् । अमेरिकाको रियालिटी सो ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेलले तहल्का मच्चाएका हुन् । पोखरेलले दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीन जना प्रभावित भएका हुन्।

स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ बोलको गीत दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डलका तीनै सदस्य उठेर ताली बजाएका हुन् । उनको स्वरबाट अत्यन्तै प्रभावित भएर निर्णायक मण्डलका जज ल्युक ब्रायनले त दिवेशसँगै गाएका पनि थिए। दिवेशको गायनले रियालिटी सोका दर्शकसमेत अत्यन्त उत्साहित भएका थिए । निर्णायक मण्डलका तीनै सदस्यले दिवेशलाई दोर्होयाउन गाउन लगाएका थिए।

प्रस्तुतिपछि दिवेशले आफूलाई निर्णायक मण्डल र दर्शकसँग पूर्ण रुपमा जोडिएको महसुस गरेको प्रतिक्रिया दिए । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्छन्। उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

बागलुङ । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको

‘ताण्डवम्’को श्रव्यदृश्य सार्वजनिक

काठमाडौँ । एक दशकदेखि रङ्ग संयोजनमा सक्रिय रहेका जुनिम गहतराजको निर्देशनमा तयार भएको

एपिक नेपाल म्युजिक अवार्ड घोषणा

भक्तपुर।  यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल दुई

मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी