‘कोरोना’ सन्देशमूलक गीत (भिडियोसहित)



संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा सचेतनामूलक गीत “कोरोना” सार्वजनिक भएको छ ।

कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश लिएर डिएआर मुभिजले सन्देशमूलक गीत सार्वजनिक गरेको छ ।

गीतमा स्वर प्रभावन जे र सीता थापाको रहेको छ भने शब्द संकलन माधव थापाको रहेको छ । विष्णु तामाङ संगीत संयोजन रहेको गीतको सम्पादन कृष्ण गौतमले गरेका छन् भने राजाराम गौतम र श्रवण कुमार मिश्रले भिडियो निर्माण गरेका छन् ।

गोविन्दराम दाहाल, ईश्वरी दाहाल, रमा दाहाल, श्रीराम दाहाल र नमराज ढुंगानाले समन्वयमा गीत निर्माण गरिएको डिएआर मुजिले जानकारी दिएको छ ।

गीतलाई संचार माध्यमले निशुल्क जिंगलको रुपमा पनि प्रयोग गर्न पाउने गरि निर्माण गरिएको डिएआर मुभिजका प्रभावन जेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गीता देवीको ‘बढ्नथाल्यो जोश’(भिडियोसहित)

गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ’बढ्नथाल्यो जोश’ गीत बजारमा

रचना रिमालको स्वरमा ‘बैना’ (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना रिमालको

‘प्रेम प्याला’ लिएर आइन् अवुन पाण्डे

गायिका अवुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको

नेपालमा पहिलोपटक ‘मिस कर्पोरेट’ आयोजना हुने

काठमाडौं । नेपालमा नै पहिलोपटक मिस कर्पोरेट नेपाल आयोजना हुने भएको छ ।