प्रियंका र आयुष्मानको कानुनी रुपमा बिवाह



काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिवाह गरेका छन् । बिहिबार उनीहरुले जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिवाह गरेका हुन् ।
अदालतमा एक अर्काेलाई माला लगाउँदै उनीहरुले कानूनी बिवाह गरेका छन् । उनीहरुको अदालती बिवाहमा पारिवारिक सदस्यको मात्र उपस्थिती रहेको थियो । बिवाहपछि अभिनेत्री कार्की र जोशीले सामाजिक सञ्जालबाट तस्बिर पोष्ट गर्दै कानुनअनुसार आफुहरु एक भएको जनाएका छन् ।

कानुनी रुपमा आज बिवाह गरे पनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिवाह गर्ने र आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि पनि सोही दिन पार्टी दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा