मिस नेपालको अडिसन देशको नौ सहरमा



काठमाडौं । मिस नेपालको आवेदन खुला गरिएको छ । मिस नेपाल २०२० को आवेदन खुला गरिएको हो । सोमबारबाट खुला गरिएको मिस नेपालको आवेदन मार्च २७ गतेसम्म भर्न सकिने छ ।
२०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन ट्रेजले जानकारी दिएको छ । आयोजक हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरले मिस नेपालको अडिसन देशको विभिन्न नौ सहरमा हुने जानकारी दिए । अडिसन हुनेमा स्थानहरुमा काठमाडौं, चितवन, धनगडी, नेपालगंज, बुटवल, पोखरा, वीरगञ्ज, धरान र विर्तामोड रहेका छन् ।

मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अविवाहित युवती हुनुपर्नेछ । ५.४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवेदन दिन पाउनेछन् । आवेदन फर्म मिस नेपालको वेबसाइटमा गएर निःशुल्क भर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका

बलिउड गायक नकाश अजिजको स्वरमा ‘सिनेमा हेर्न जाउँ’

काठमाडौं । फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्ममा ‘सिनेमा हेर्न

तीजमा तरङ्ग ल्याउने विष्णु माझी किन गुमनाम छिन् ?

-शिव लम्साल नेपाली महिलाको विशेष पर्व तीज माइतीघरको नियास्रो तुष्टि, व्रत साधना, स्वादिलो

सासु बुहारीको कथामा आधारित सिरिज ‘ओ ! सासुजी’ आजदेखि न्यूज नेपाल टेलिभिजनमा

काठमाडौं । सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ‘ओ ! सासुजी’ अब टेलिभिजनमा