सौगात र दिया अभिनित चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक



काठमाडौं । नेपाली चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक गरिएको छ । अभिनेता सौगात मल्ल र दिया पुन अभिनित नेपाली चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक गरिएको हो । टिजरमा मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ, दिया पुनलाई स्थान दिइएको छ । चलचित्र हिमाली प्रेम कथामा आधारित रहेको छ ।

चलचित्रमा सौगात र दियाले पहिलो पटक स्क्रिन सेयर गरेका छन् । सौगत, दिया र बुद्धिका साथै चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर सह निर्मातामा रविराज कार्की सुरेश कार्की वीरबहादुर लामा र शुभ श्रेष्ठ छन् । साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत भरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ