मिस नेपाल युरोप निरुषा खत्री



बेल्जियमको लुभेन सहरमा आयोजित कार्यक्रममा मिस नेपाल युरोप २०२० को ताज फिनल्यान्ड निवासी निरुषा खत्रीले जितेकी छन् । युरोपका विभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै खत्रीले उपाधि जितेकी हुन ।

उनलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्‍याईकी छन । फस्ट रनरअपको उपाधि आयरल्यान्डकी संगीता थापाले जितिन् । सेकेन्ड रनरअपको उपाधि बेल्जियमकी ज्योति भट्टले हात पारिन । आयोजक ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकणिर्कारबीच भएको सम्झौताअनुसार मिस नेपाल, युरोपको उपाधि विजेता खत्री नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउन्डमा सोझै प्रवेश पाउनेछिन् ।

ड्रिम्स नेपाल बेल्जियमकी अध्यक्ष योगिता थापाले पहिलो पटक आयोजना गरिएको मिस नेपाल युरोप भव्य रूपमा सम्पन्न हुँदा आफू अत्यन्त उत्साहित भएको बताइन् । कार्यक्रममा युरोपका विभिन्न देशका प्रतिस्पर्धीले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन

  काठमाडौँ ।  यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको

टुँडिखेलबाट ‘घर ज्वाइँ’को प्रचारप्रसार सुरु

काठमाडौं । असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घर ज्वाइँ’ले काठमाडौंको टुँडिखेलबाट

राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई

काठमाडौँ । राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् ।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘ईश्वर’ को ट्रेलर सार्वजनिक

काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ