‘झ्याम्मै आँखा झ्याम्मै’ गीत सार्वजनिक



फिल्म ‘साङ्लो’ को दोस्रो ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक भएको छ ।अभिनेता विराज भट्ट निर्दे्शित तथा अभिनीत फिल्म ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको हो । आइतवार ‘चरीले काफल’ बोलको गीत र एक्सनले भरिएको ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियापछि निर्माण टिमले फिल्मको डान्सिङ नम्बरको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरेको छ ।

निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमा पुराना संगीतकार सुरेश अधिकारीले संगीत भरेका छन् । गीतका शब्द सृजना गायक भट्टराई आफैंले गरेका हुन् । रामजी लामिछानेको डान्स कोरियोग्राफी रहेको गीतको भिडियोमा विराज र निकिताको डान्सले धेरैको ध्यान खिच्छेको छ ।

रफ(टफ पहिरनमा देखिएका विराज र बोल्ड अवतारमा प्रस्तुत निकिताको केमेस्ट्री सुहाएको देखिन्छ । यो गीतको छायांकन केही दिनअघि मात्र काठमाडौंमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सकम्बरीले फिल्म ‘माइली’ खेल्ने

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित

चलचित्र ‘घरज्वाइँ’  प्रदर्शनमा

  काठमाडौँ ।  मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारदेखि  प्रदर्शन सुरु

‘आगो’ लिएर आइन् समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ । गीतमा

अर्जुन बराइली र चन्द्र सुनारको ‘सिमसिमे पानी’

  काठमाडौँ । मनसुन मौसमलाई उत्सव मनाउँदै मोडल निशु श्रीपालीद्वारा अभिनित ‘सिमसिमे पानी’