‘तानाजीः द अनसंग वारियर’ दुइ सय करोड क्लबमा इन्ट्री,२०२० को ब्लकबस्टर हिट  



अभिनेता अजय देवगनको ‘तानाजीः द अनसंग वारियर’ दुइ सय करोड क्लबमा इन्ट्री भएको छ । बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले २४ जनवरी अर्थात् शुक्रबारमात्रै ५.३८ करोडको बिजनेस गर्दै आफ्नो कुल कलेक्सन २०२.८३ करोड पु(याएको हो ।

तेश्रो हप्तामा चलिरहेको यो फिल्म दुइ सय करोडमा इन्ट्री हुने सन् २०२० को पहिलो फिल्म बनेको छ । अजयले पनि यो फिल्मलाई सन् २०२० को ब्लकबस्टर हिट फिल्म बनाइदिएकोमा आफ्ना प्रशंसकलाई धन्यवाद दिएका छन्।

फिल्ममा अजयले तानाजी मलुसरेको भूमिकामा काम गरेका छन्। फिल्ममा अजयका अलावा काजोल तथा सैफअलि खानको प्रमुख भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिल्म ‘कार्की साईंला’को शुभ मुहूर्त

काठमाडौं । नेपाली फिल्म ‘कार्की साईंला’को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको

भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ हुने

भक्तपुर ।  गायक दीप श्रेष्ठको एकल साङ्गीतिक साँझ भक्तपुरमा हुने भएको छ ।

प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृंखला– २ का प्रतियोगीको भेट

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृंखला–

वसन्तपुर शिवपार्वती डवलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्य प्रदर्शन

काठमाडौँ । वसन्तपुर शिवपार्वती डवलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्य प्रदर्शन गरिएको