२७ घण्टा नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा



काठमाडौं । १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरिएको छ । नेपालको मौलिक संस्कृतिलाई विश्वसामू चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरिएको हो ।

अमेरिकाको नाममा रहेको यसअघिको रेकर्ड तोड्न र नयाँ रेकर्ड राख्ने प्रयासस्वरुप मारुनी मिडिया नेटवर्कमार्फत १३ जना नेपाली युवा युवतीद्वारा सामूहिक नृत्य गर्ने घोषणा गरिएको हो । सामूहिक नृत्यमा सामेल हुनेहरुमा डिल बहादुर मगर (डिकेश), केश बहादुर पुर्जा, शात्ना तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्रमाया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ति शाही, यमुना रोका, सञ्जु पुन र राजिन पुन रहेका छन् ।

आगामी फागुन २२ गते काठमाडौंमा विहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गीतकार उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ

प्रधानमन्त्री ओलीमाथि कोमल वलीको स्तुति गान (भिडियोसहित)

प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको

रचना रिमालको ‘भागुम मायालु’ (भिडियोसहित)

युवा लोक तथा दोहोरी गायक वसन्त विश्वकर्माले नयाँ गीत भागुम मायालु ल्याएका छन्

सर्जक अम्गाईको ‘माया तिरिरीरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अहिलेका चर्चित गीतकार-सर्जक ध्रुव प्रसाद अम्गाईले माघ १ गते आफ्नो जन्मदिनको