तारादेवीको १४औं स्मृति दिवस



काठमाडौं । तारादेवीको १४औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यस अवसरमा तारादेवी स्मृती फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले गीत संगीतले सबैलाई जुटाउन सहयोग पुर्‍याउने धारणा राखेको हो ।

कार्यक्रममा ईमेज ग्रूप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले स्वरकिन्नरी तारादेवीका कैयौं गीत र कृतीहरु अझै पनि बाहिर नल्याएको भन्दै आपत्ति प्रकट गरे । उनले लुकाएर राखिएका संपूर्ण गित र कृतीहरु अविलम्व बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए । सो अवसरमा अध्यक्ष मानन्धरले तारादेवि स्मृती फाउन्डेसनले गरिरहेको योगदानको प्रशंसा गर्दै फाउन्डेसनलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत नेपाली संगितका पथप्रदर्शक भैरव बहादुर थापा, वरिष्ठ गितकार किरण खरेल, गरिष्ठ संगितकार नातीकाजी श्रेष्ठ, शम्भुजित बास्कोटा लगायतलाई जनही २५ हजार रुपैयाँ राशीबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बोक्सीको घर’ले पायो सेन्सर बोर्डबाट युनिभर्सल सर्टिपिकेट

काठमाडौं । यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।