अहिलेसम्मकै महँगो अभिनेता अक्षयकुमार



सुपरस्टार बलिउड अभिनेता अक्षयकुमार वर्षमा ३ वा ४ हिट फिल्म दिने गरेका छन् । गतवर्ष अर्थात २०१९को कुरा गर्ने हो भने उनी बलिउडको सबैभन्दा बढी कमाउने अभिनेता समेत बनको हुन् ।

सुपरस्टार बलिउड अभिनेता अक्षयकुमार अहिले रोहिट शेट्टीको फिल्म ‘सूर्यवंशी’ अभिनय गरिरहेका छन् भने निर्माता निर्देशक आनन्द एलरायले आफ्नो नयाँ फिल्मका लागि पनि उनलाई साइन गरेको चर्चा छ । आनन्दको फिल्ममा सारा अलि खान र धनुषको पनि अभिनय रहनेछ । एकपछि अर्काे फिल्म लगातार हिट दिएका अक्षयकुमारले अहिले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । आनन्द रायको फिल्मका लागि पनि उनले १२० करोड पारिश्रमिक लिएको चर्चा छ । जुन फि अहिलेसम्मकै महँगो हुने बताइएको छ । तर यस बिषयमा भने अक्षयकुमारले कुनै आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।

आनन्दको फिल्म छिट्टै घोषणा हुँदैछ । प्रेमकथामा बन्न लागेको यो फिल्मको सुटिङ केही महिनापछि सुरु हुने बताइएको छ । अहिले अक्षयकुमारसँग लक्ष्मी बमर र बच्चन पाण्डे नामका दुई फिल्म पनि हातमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘किन माया लाउछ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । संगित सर्जक उदय भट्टराईले ‘किन माया लाउछ’ बोलको गीत बजारमा ल्याएका

रमेश प्रसाईंको ‘अरबको खाडी’(भिडियोसहित)

प्रखर वक्ता तथा गायक रमेश प्रसाईको स्वर रहेको ‘अरबको खाडी’बोलको गीतको भिडियो सार्वजनिक

गायक लामिछानेको ‘निरकमला’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायक एवम् सर्जक सरोज लामिछानेको गीत ‘निरकमला’ सार्वजनिक भएको छ । उक्त

गीतकार उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ