बीमा चेतनाको गीत सार्बजनिक



काठमाडौं । बीमा जागरण गीत ‘ बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईंद्धारा बिमोचन गरिएको छ । बीमा चेतना अभिबृद्धि गर्न प्रकाशित गरिएको बीमा जागरण गीत ‘बीमा गरौ खुसी हुनलाई’को एक समारोहबीच  बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईंद्धारा बिमोचन गरिएको हो । बीमा समितिको प्रवद्र्धनमा मिडिया इन्टरनेसनलद्धारा प्रकाशित उक्त एल्वममा नीर्जिवन बीमा र जीवन बीमाको महत्वका बारे सरल ढंगले प्रकाश पारीएको छ ।

लोकलयमा आधारित उक्त गीतबाट ग्रामिण क्षेत्रमा बीमा पहुँच अभिबृद्धिमा सहयोगि हुने अपेक्षा गरिएको छ । गीतसंगीतको माध्यमबाट बीमा जागरण ल्याउने उदेश्यले गीत तयार गरिएको बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईले बताए । उनले यसबाट गाउँगाउँमा बीमा चेतना फैलाउन सहयोगि हुने बताए । घुम्टी बीमा तथा अन्य बीमासम्बन्धि कार्यक्रमहरुलाई उक्त गीतले सहज तथा सरलीकृत गर्ने उल्लेख गर्दे समितिका अध्यक्ष चापागाईले बीमा चेतना अभिबृद्धिमा सक्रिय भएर लाग्न बीमा कम्पनीका सिइओहरुलाई निर्देशन दिए । उक्त गीतको रचना ‘वित्तीय जागरण ः राष्ट्रिय अभियान’का संयोजक माधव निर्दोषले गरेका हुन् । गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा सन्तोष श्रेष्ठ र सुधारत्नको स्वर रहेको छ । गीतले जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार मानवजीवनमा जतिबेला पनि आउन सक्ने कुरालाई व्यक्त गर्दै बीमा गरी ढुक्कले जीवनयापन गर्नुपर्नेमा जोड दिएको छ ।

मनोरञ्जन र राजनीतिक भाषणका कार्यक्रममा मात्रै चासो राख्ने जनतालाई मनोरञ्जनात्मक तरिकाबाटै अर्थतन्त्र एवं मानव जीवनको सुरक्षा गर्ने बीमाजस्तो महत्वपूर्ण विषयका बारेमा जानकारी गराउन गीतको रचना गरिएको रचनाकार माधव निर्दोषले बताए । उनले गाउँगाउँमा यो गीत पुर्याएर बीमा जागरण ल्याउने अठोट व्यक्त गरे । बीमा पहुँच तथा बीमा कार्यक्रमहरुमा जनसहभागीता बढाउने उद्देश्यमा गीत सहयोगी हुने उनले बताए । बीमा पहुँच र चेतना विस्तारका लागि कुनै एक कम्पनी वा बीमा समिति एक्लैले गरेर सम्भव नहुने भन्दै उनले बीमासँग सम्बन्धित सबै क्षेत्रहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

यस गीत मार्फत बीमा चेतना विस्तार गर्ने अभियानमा ठूलो योगदान पुग्ने विश्वास बीमा समितिले व्यक्त गरेको छ । कार्यक्रममा बीमक संघका अध्यक्षसहित पदाधिकारीहरु, जीवन बीमा संघका पदाधिकारी तथा विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन

काठमाडौँ । नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र

अनुजाको निर्देशनमा ‘ठिकै छ मेरी प्रिय’

काठमाडौं । ड्रागन मोसन पिक्चरको प्रस्तुती रहेको नयाँ गीतको भिडियो ‘ठिकै छ मेरी

‘मोहर’ले सामाजिक हिंसाका घटनालाई निरुत्साहित गर्न सहयोग गर्ने निर्देशक ओम प्रतीकको दाबी

काठमाडौं । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका

‘चाहिदैन मोहर पर्दैन सुकी’ मा रोमान्टिक मुडमा पल र नीति

काठमाडौं । चलचित्र ‘मोहर’को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ