‘आस्था र प्रहरी जवान रमिताको हात मिलाउँदै गरेको हँसिलो तस्बिर सामाजिक सञ्जालमा देख्न पाइयोस् ‘



प्रमोद खरेल ।
गायक गायिकाको विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुरामदेखि आजको दिनसम्मको इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शून्य नै रहेको आभाष भयो अहिले ।

केहिदिनदेखि चर्चामा रहेको आस्था राउत प्रकरणमा सकारात्मक वा नकारात्मक ,( समर्थन वा आलोचना, ) कुनै पनि टिप्पणी गर्ने गायक गायिका को संस्था नहुँदा करोडौ श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।

अब विषय तिर लागौ #आस्था-प्रकरण

गएको केही दिनबाट सामाजिक सञ्जालमा भाइरल यो प्रकरणले आस्था राउतलाई पक्रने आदेश दिएको छ । जहाँसम्म लाग्छ , यो निर्णय बाहिरिएको सिसिटिभी फुटेज भन्दा पनि उनले फेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरुहरु नै हुन् । जुन आफैंमा केही अस्वाभाविक र कलाकारलाई असुहाउदा नै छन्, र देशमा कर्तव्य निर्वाह गर्ने प्रहरीका लागि निश्चय नै आपत्तिजनक हुन् दुईमत छैन । जुन बारे स्वयम् आस्थाले नै स्विकार गरी माफी मागीसकेकी छिन् । तर माफीले नपुगेरै होला प्रहरीले अनुसन्धानका निम्ति पक्राउ आदेश जारी गरेको र आस्थाले सिक्किमबाटै प्रहरीलाई सहयोग गर्ने बताइसकेकी छिन् । सिसिटिभी फुटेजमा अडियो छैन, दुवैले के बोले थाहा छैन । जहाँ दुवैको दोष हुन सक्छ, प्रहरीको चेकिंगमा सहयोग नगर्ने आस्थाको कमजोरी हो दुईमत छैन, तर प्रहरीले पनि आस्थासँग गरेको व्यवहार कस्तो थियो त्यसमा भरपर्छ , उनी बिनाकारण नै रिसाइन त ? पक्कै पनि होइन । दिनभर ड्यूटीले थकान भएर प्रहरीले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्तीको प्रतिशत जति जति भएपनि अनुसन्धान दुईपक्षीय नै हुनुपर्छ एक पक्षीय हैन यदि अघि बढ्ने नै हो भने।

तर…….
आम नागरिकको प्रहरीप्रतिको विश्वस्वनियता, नागरिकप्रति प्रहरीको हातेमालो, अझ विगतदेखि नै कलाकारलाई प्रहरीले र प्रहरीलाई कलाकारले गर्ने व्यवहार पवित्र छ । एकाध व्यक्तिगत घटनालाई समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोड्नु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सञ्जालमा कलाकार र प्रहरीका पक्ष विपक्ष हुँदै धुब्रिकरणतिर जाने र इख बटुलेर अघि बढ्ने हो भने त्यसले दीर्घकालीन फाइदा गर्दैन ।

आस्था यस घटना बाट विक्षिप्त पक्कै छिन्, आमनागरिक सरह नै उनले पनि दण्ड भोग्लिन् नै, यसमा प्रहरी र निर्णयकर्ताले नै टुंगो लाउलान् । वा सामान्य पुछताछ पछि घटना सकिएला । र आस्थाले सार्वजनिक रुपमा माफी माग्दै घटनाको द इन्ड गर्लिन् । अब आस्थालाइ थप मानसिक कमजोर बनाउनु को सट्टा सचेत र परिपक्व बनाउनु पर्छ प्रहरीले, यस्ता घटना नदोहोरिने वातावरण बनाउनुपर्छ । प्रहरीलाई नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ । केहि समयमा नै आस्था र प्रहरी जवान रमिताको हात मिलाइँदै गरेको हँसिलो तस्वीर सामाजिक सञ्जालमा देख्न पाइयोस, ।
घन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाद्वारा ‘युनेस्को चलचित्र सहर’ को प्रमाण पत्र ग्रहण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युनेस्को रचनात्मक सहरमा ‘चलचित्र विधा’ को प्रमाण पत्र ग्रहण

चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुँदै

काठमाडौँ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘महंगो भयो तिम्रो माया’

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘महंगो भयो तिम्रो माया’ को

साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित फिल्म बन्ने

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने