सौगात मल्लको ‘लप्पन छप्पन २’को टिजर



काठमाडौँ । सौगात मल्ल अभिनित चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको छ । बैशाख १२ गते प्रदर्शन मिती तोकिएको चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको हो ।

सौगात मल्ल र अर्पण थापा स्टारर फिल्म लप्पन छप्पन २ को सार्वजनिक गरिएको उक्त लामो टिजरमा चलचित्रका केही मुख्य अंश समेटिएको छ । टिजरमा सौगात, अर्पण, शिव श्रेष्ठ र अनुप विक्रम शाहीलाई एक्सनमय अवतारमा देखाईएको छ । टिजरबाट फिल्म पैसाको चलखेलको बिषयमा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।

चलचित्रमा सौगात, अर्पण, शिव, अनुप अलवा गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको भूमिका रहेको छ । मुकुन्द भट्टले निर्देशन गरेको यस चलचित्रमा लेन्द्रराज तिमल्सिना प्रस्तुतकर्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ