‘छपाक’ को बक्सअफिसमा पहिलो दिन सन्तोषजनक व्यापार



दीपिका पादुकोणको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘छपाक’ले बक्सअफिसमा पहिलो दिन सन्तोषजनक व्यापार गरेको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन ४ करोड ७७ लाखको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन् ।
आदर्शले चलचित्रको व्यापारमा शनिबार र आइतबार बृद्धि हुनेसक्ने बताएका छन् ।

मेघना गुलजारको निर्देशनमा बनेको ‘छपाक’ करिब १४ वर्षअघि एसिड आक्रमणको शिकार बनेकी लक्ष्मी अग्रवालको वास्तविक कथामा आधारित चलचित्र हो। जसमा दीपिकाले लक्ष्मीको भूमिका निभाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ